नवलपुरमा अवैध काठ सहित एक जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा प्रहरीले अवैध रुपमा लुकाई राखेको चिरान काठ सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ घर भई हाल गैडाकोट नगरपालिका वडा नं. ५ मा कोठा भाडा लिई बस्ने टिकाराम वाचे मगरलाई प्रहरीले चिरान काठ सहित पक्राउ गरेको हो ।
उनको कोठाबाट प्रहरीले साल जातको चिरान काठ १६४ थानको ५१ दशमलब ०७ क्यूफिट, सिसौ चिरान काठ ४ थानको ६ दशमलब ५० क्यूफिट, चापको काठ थान २ को ४ क्यूफिट र अन्य १ थानको १ दशमलब ३३ क्यूफिट गरि जम्मा ६२ दशमलब ९० क्यूफिट फेला पारी वरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले टिकाराम वाचे मगरलाई समेत पक्राउ गरि कारवाहीको लागि थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।