विजयनगरमा आश्रमको शिलान्यास
राम अवतार चाैधरी
कपिलवस्तु,
कपिलवस्तुमा परम हंस अद्वैतमत आश्रमकाे सभाहल शिलान्यास गरिएको छ । विजयनगर गाउँपालिका-७, मधुनगरमा अद्वैतमतको आश्रमको सभाहलको निमार्ण हुन लागेकोे गाउँपालिकाले जनाएकाे छ । शनिबार गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र आश्रमका महात्माले सभाहलकाे संयुक्त रुपमा शिलान्यास गरिएको जनाइएको छ ।
गाउँपालिकाको १ करोड ५० लाख रुपैयाँको लागतमा अद्वैतमत आश्रमको सभा भवनको निर्माण हुना लागेकाे गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए । भक्तजनलाई भजन अभ्यासमा सहज हुने बताउँदै आश्रमलाई आगामी दिनमा अझै व्यवस्थित तरिकाले लैजानुपर्ने उनले बताए । भवनमा ५ सय जनाले सहभागी हुन मिल्ने गरि भवनको निर्माण गरिने अध्यक्ष थापाले जानकारी दिए ।
प्राविधिक नवीन डुम्रेले हाल उक्त आश्रमको भवन ९७ लाखको ठेक्का भएको जनाउँदै आगामी असार समान्तभित्रै भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने उनले बताए । शिलान्यास कार्यक्रमलाई गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष दिनेश कुमार चाैधरी लगायत भक्तजनले गाउँपालिकाले सराहनीय कार्य गरेकाे भन्दै सम्बाेधन गरेका थिए ।