कल्भर्ट निर्माणमा लापरवाही


राम अवतार चाैधरी
कपिलवस्तु,



कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा कल्भर्ट निर्माणका लागि कमसल इट्टा झारिएकाे पाइएकाे छ । गाउँपालिकाकाे वडा नम्बर ७ मा गेडुवाजाेतदेखि साेनवर्षा चाैराहासम्मकाे सडक खण्डमा निर्माण हुन लागेकाे कल्भर्टका लागि प्रयाेग गरिने कमलस इट्टा झारिएकाेमा स्थानीयले विराेध जनाएका छन् ।

प्रदेश सरकारकाे याेजनामा निर्माण हुन लागेकाे उक्त कल्भर्टमा ठेकेदारले कमसल इट्टा प्रयाेगका लागि निर्माण स्थलमा झारिएकाे स्थानीय कैलाश भारतीले जनाए । जानी-जानी कमसल इट्टा झारेकाे बताउँदै ठेकेदारकै लापरवाही रहेकाे उनले गुनासाे गरे । ठेकेदारले कमसल पदार्थ सामग्रीकाे प्रयाेग गरि भ्रष्टाचारमा लिप्त हुने गरेकाे समेत भारतीले आराेप लगाए ।




यता ठेक्का पाएकाे माया निर्माण सेवाले कल्भर्ट निर्माणका लागि कमसल इट्टा नझारिएकाे दाबी गरेकाे छ । निर्माण सेवाका ठेकेदार भारत किशोर यादवले याेजनाकाे सम्झौता र स्टीमेटमा उल्लेख भए अनुसार इट्टाकाे प्रयाेग गरिने बताए । उनले भने, “स्टीमेट अनुसार नै इट्टाकाे प्रयाेग गरिने हाे, यदि कमसल इट्टा छ भने प्रयाेग गरिदैँन र प्राविधिक इन्जिनियरबाट अनुगमनसमेत गराएर मात्र निर्माण कार्य सुरु गरिने हाे” कल्भर्ट निर्माणका लागि कमसल इट्टा झारेकाे सूचना पाएपछि स्थानीयले विराेध जनाए ।

स्थानीयकाे विराेध पश्चात ठेकेदारले झारेकाे कमसल इट्टा प्रयाेग नगरिने समेत निर्माण सेवाले जनाएको छ । उक्त कल्भर्ट निमार्णकाे लागि माया निर्माण सेवाले रु ९ लाख रुपैयाँकाे लागतमा ४ वटा कल्भर्ट निर्माण गर्ने जिम्मा पाएकाे छ ।



सम्बन्धित
Loading...