जनताको विकास चाहने पार्टी एमाले मात्र होः नेता थापा


घनश्याम भर,  कपिलवस्तु । 
नेकपा एमाले कपिलवस्तुका जिल्ला कमिटी सचिवालय सदस्य गोपाल बहादुर थापाले जनताको विकास चाहने पार्टी नेकपा एमाले पार्टी मात्र भएको बताउनु भएको छ । विजयनगर गाउँ कमिटी इन्चार्जसमेत रहेका थापाले देशको चौतर्फी विकासका लागि एमालेसँग मात्र विकास गर्ने नीति, सिद्धान्त र विचार अब्बल रहेको दाबी गर्नुभयो ।



उहाँले नेकपा एमाले केन्द्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले छोटो समयमै लोपप्रिय योजना ल्याई मुलुकमा नयाँ मुहार फेर्न सफल भएको जिकिर गर्नुभयो । मंगलबार वडा नम्बर १ नेवलागञ्जमा नेकपा एमालेद्वारा आयोजित वडा भेलामा थापाले यस्तो बताउनुभएको हो ।

गाउँपालिका अध्यक्ष थापाले एमालेप्रति नागरिकहरुको आस्था र विश्वास बढदै बताउँदै पालिकाबासीलाई क्षमताले भ्याएसम्म विकासको अनुभुति दिलाउन अहोरात्र खटेर हरेक पुर्वधारको विकासमा विकासको आधार स्तम्भ खडा गर्न सफल बताउनुभयो । आगामी दिनमा यस कार्यलाई निरन्तरता दिन आवश्यक रहेकोे थापाले बताउनुभयो ।




यस्तै जिल्ला कमिटी सदस्य मंगल प्रसाद गुप्ताले गाउँपालिकाको चौतर्फी विकासमा गोपाल बहादुर थापा थापाले अहम भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले छिमेकी पालिकाको तुलनामा विजयनगर विकासको प्रगतिले पार्टीमा प्रवेश गर्नेको लहर चलिरहेको बताउनुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला कमिटी सदस्य लक्ष्मी कुमारी चौधरीले एमाले पार्टी गरिब र सर्वहारा वर्गको पक्षमा वकालत तथा पैरवी गर्ने पार्टी भएकोले सँधै गरिबहरुको पक्षमा रहने बताउनुभयो ।
आयोजित वडा भेलामा विभिन्न पार्टी परित्याग गरि १ सय ५७ जना नेकपा एमालेमा प्रवेश गरेको गाउँकमिटी सचिव गोकर्ण सापकोटाले जानकारी दिनुभयो । कार्यक्रमलाई गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहा, सचिव गोकर्ण सापकोटा सम्बोधन गर्नुभएको थियो भने वडा कमिटी अध्यक्ष यम बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न हो ।



सम्बन्धित
Loading...