निजामती कर्मचारीको अध्यक्षमा सापकोटा र राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा विसी
राम अवतार चाैधरी
कपिलवस्तु, 
शिवराज नगर स्तरीय नेपाल निजामती कर्मचारी संगठनको इकाई कमिटीको अध्यक्षमा बाबुराम सापकोटा चयन भएका छन् । जिल्लाको चन्द्राैटामा शुक्रबार भएकाे अधिवेशनले सापकोटालाई इकाई कमिटीमा निर्विरोध चयन गरिएको आयाेजकले जनाएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा शान्ति माया अधिकारी, सचिवमा दिनेश चौधरी, सह–सचिवमा सृष्टी गहतराज र कोषाध्यक्षमा अमृता केसीसहित ११ सदस्यीय इकाई कमिटी गठन गरिएको छ ।
त्यसैगरी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल कमिटीको अध्यक्षमा जीत बहादुर विसी सर्वसम्मत चयन भएका छन् । नगर स्तरीय प्रथम अधिवेशनले कमिटीमा विसीलाई निर्विरोध चयन गरिएको जनाइएको छ ।
नगर अधिवेशनले महिला उपाध्यक्षमा बालिका पोख्रेल, खुल्लातर्फ प्रमोद पौडेल, सचिवमा प्रगति रेग्मी, सह–सचिवमा संगीता परियार र कोषाध्यक्षमा राधा कडेँलसहित ११ सदस्यीय नगर स्तरीय नेपाल निजामती कर्मचारी संगठन कमिटी चयन गरिएको अध्यक्ष विसीले जानकारी दिए ।