मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प ६८४९ नम्बरको माेटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा१०च २५८१ नम्बरको कार लमही-३ बनगाउँस्थित पेट्रोल पम्प नजिकै ठोक्किंदा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्र जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।

दाङमा यसरी मनाइयो अन्तराष्ट्रिय श्रमिक महिला दिवस फोटो फिचर सहित