ग्रामीण भेगलाई बैंकिङ काराेबारसँग जाेड्दै कामना सेवा


 राम अवतार चाैधरी/कपिलवस्तु,



कामना सेवा विकास बैंक चन्द्राैटा शाखाले नारी दिवसकाे अवसर पारेर गाउँघरमा पुगी खाता सञ्चालन गरेकाे छ । जिल्लाकाे शिवराज नगरपालिका भित्रका विभिन्न गाउँमा पुगी महिलाहरुलाई प्राथमिकतामा राखी मंगलबार मात्र २६ बढि खाता सञ्चालन गरेकाे छ ।

शाखा प्रबन्धक यज्ञमुर्ती लुइटेल (अनिश) ले ग्रामीण भेगमा प्रायः पुरुष कमाउने तर महिलाले बचत गर्ने बानी नभएकाेले अनावश्यक खर्च कटौती गरि बचतकाे विकास जरुरी रहेकाे बताए । बैंकिङ क्षेत्रमा पहुँच नभएका क्षेत्रलाई मध्यनजर गरि आम नागरिकलाई बैंकिङ काराेबारसँग जाेडन यस्ताे कदम चालिएको समेत लुइटेलले जनाए ।




यता शिवराज नगरपालिका वडा नं.३, भितरिया गाउँकी स्थानीय पुनम थारुले गाउँघरमा पुगी वित्तीय काराेबारबारे जनचेतना गराइ आफू बैंकिङ क्षेत्रसँग जाेडिएकाे खुसी व्यक्त गरिन् ।



सम्बन्धित
Loading...