मुक्ति समाज कपिलवस्तुकाे नेतृत्वमा काेरी
राम अवतार चाैधरी
कपिलवस्तु, 
कपिलवस्तुमा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाको चन्द्रौटामा शनिबार सम्पन्न ५औँ सम्मेलनबाट नेतृत्वमा राम प्रघट कोरीलाई निर्विरोध चयन गरिएको आयाेजकले जनाएको छ ।
त्यसैगरी मुक्ति समाजको उपाध्यक्षमा राम बहादुर सुनार, सचिवमा पदम सुनार, सह–सचिवमा जानकी विश्वकर्मा, र कोषाध्यक्षमा खुम वि.क. लगायत ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको काेरीले जानकारी दिए ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य बोम बहादुर विश्वकर्माले कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँग कुसल, सक्षम, र विश्वासिलो नेतृत्व भएकोले एमाले हुनुमा गर्व गर्नुपर्ने बताए । नेकपा एमालेले केपी शर्मा ओलीको नेतृत्वको सरकारले देशमा गरेको उत्कृष्ट कार्यले विभिन्न पार्टी परित्याग गरी र देशभरीका आम जनताले एमालेमा प्रवेशको लहर चलेको बताए ।
सदस्य विश्वकर्माले भने, “देश भरी एमोलमा प्रवेश गर्ने लर्को यति धेरै रहेको छ की केपी ओलीले टिका, खादा र माला लगाउन भ्याई नभ्याई भएको छ” । तराई, पहाड र हिमालका जनतालाई बिना भेदभाव, समान दृष्टिकोणले हेर्ने पार्टी एमाले मात्र भएको उनले जिकिर समेत गरे । एमाले जनताको बहुदलीय जनबाद र गरिबको पार्टी भएको बताउँदै पार्टी प्रवेशको लहरले नेकपा एमाले केपी ओली नेतृत्वको सरकार बन्नेमा कुनै दुई मत नरहेको विश्वकर्माले दाबी गरे ।
यसैबीच नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिवालय सदस्यले एकराज विश्वकर्माले देशको शिर ठाडो पार्ने शक्ति एमालेमा भएको बताउँदै सबैले गोलबद्ध भएर एमालेलाई बलियो बताउनुपर्ने बताए । मुलुकलाई समृद्ध बनाउने अन्य कुनै पनि पार्टीमा नभएको उनले दाबी गरे। देशमा रहेका कुरीती, विसङ्गति, कुसँस्कारलाई हटाउने एमाले पार्टीको अभियान रहेको उनले भनाई छ ।
यसै गरी नेकपा एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले पञ्चायत र गणतान्त्रिक आन्दोलनको अवस्थामा दलितहरु हेपिएको बताए । त्यस्तै नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेशका सचिव चन्द्र बहादुर गहतराजले कपिलवस्तु जिल्लामा नेकपा एमालेका नेतृत्वले नेपाल उत्पीडित जातीय मुक्ति समाज विस्तारमा महत्वपूर्ण योगदान सम्झदैँ समाजमा शोषित, पिडित र दलित समुदायको पक्षमा सँधै रहने बताए ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेशका अध्यक्ष नन्द बहादुर पुन नेकपा एमाले जिल्ला अध्यक्ष डम्बर शर्मा, पुर्व जिल्ला अध्यक्ष झबिलाल पोख्रेल लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै आन्दोलनमा सहभागी भएर आफ्नो हक अधिकारको लागि दलितहरुले संगठनमार्फत गरेका योगदानहरु सराहनीय रहेको भन्दै प्रशंसा गरेका थिए ।