तोलामा पाँच सयले घट्यो सुनको मूल्य


 

 



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

 

 




त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४२५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १४१५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

 

https://www.youtube.com/watch?v=wJR1fl3Zjkw



सम्बन्धित
Loading...