गैडाकोटको विद्यालयमा ताला




नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट १० भैसाखोरीमा रहेको दुर्गा आधारभूति विद्यालयमा ताला लागेको छ ।

 

अंगे्रजी विषयको शिक्षक छनौटको विषयमा असन्तुष्ट रहेका एक जना आवेदकले विद्यालयमा ताला लगाइदिएका हुन् ।

 




१ जना अंग्रेजी शिक्षकको लागि आवेदन खुलाएकोमा ३ जनाले आवेदन भरेको मध्ये २ जनालाई मात्र भोलिन्टियरका लागि बोलाइएको र एक जनालाई नबोलाइएको भन्दै असन्तुष्ट पक्षका २०/३० जनाको समूहले विद्यालयमा ताला लगाइदिएका हुन् ।

 

असन्तुष्ट पक्ष, विद्यालय प्रशासन र सञ्चालकसमिति बीच छलफल भईरहेको स्थानीयले जनाएका छन् ।

 

 

 



सम्बन्धित
Loading...