नवलपुरमा सुधार केन्द्रमा आत्महत्या प्रयास

कावासोती । पूर्वी नवलपरासीमा सुधार केन्द्रमा रहेको एक जना युवाले आत्महत्या प्रयास गरेका छन् ।
मध्यविन्दु नगरपालिका ६ चोरमारा टाँडीमा रहेको नवजीवन पुन स्थापना केन्द्रमा कावासोती ५ निवासी २४ बर्षीय अशिम काफ्लेले आत्महत्या प्रयास गरेका हुन् ।
उनले ट्वाइलेट भित्र गई विलेटले घाँटी काटी आत्महत्या प्रयास गरेका हुन् । उनलाई घाइते अवस्थामा देखेपछि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएको थियो ।
उनको थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका लागि पठाइएको छ ।
काफ्ले विगत ७/८ महिनादेखि सुधार केन्द्रमा उपचाररत थिए ।