बलात्कारको आरोप लागेका एमाले नेता बानियाँ ५ लाख धरौटीमा छुटे


 



काठमाडौं । जिल्ला अदालत बाँकेले बलात्कार आरोप लागेका एमाले नेता मोहन बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

 

 




जुम्लाकी एक शिक्षिकाले नेपालगञ्जस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भन्दै उजुरीपछि पक्राउ परेका बानियाँ बुधबार नै रिहा भइसकेका छन् ।

 

 

आजको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले बलात्कारसम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा परेकोले नेकपा (एमाले) का सांसद बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको अवगत गराए ।

 

 

प्रतिनिधिसभा अर्काे बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।



सम्बन्धित
Loading...