स्कार्पियको ठक्करबाट दुई जनाको मृत्यु


 



 

रौतहट, ३ चैत । जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअपको ठक्करबाट दुई जना युवकको मृत्यु भएको छ ।

 

 




ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार गएराति बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिकअपले हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो ।

 

 

बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरि कुमार ठाकुरको मृत्यु भएको हो ।

 

 

ठक्कर लागि गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा  स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट  भरतपुर जाने क्रममा राति नै मृत्यु भएको हो ।

 

 



सम्बन्धित
Loading...