कच्चा तेलको मूल्यमा भारी गिरावटः घट्ला त नेपालमा ?


 



३ चैत, काठमाडौं । रुस–युक्रेन युद्धका कारण आकासिएको कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

 




अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार पछिल्लो एकसाता यता ब्रेन्ट कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।

 

२३ फागुनमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० डलर पुगेको थियो । ट्रेन्डिङ इकोनोमीकाअनुसार यो मूल्य  १४ वर्षयताकै उच्च थियो । त्यसयता निरन्तर जसो कच्चा तेलको मूल्य ओरोलो लोगेको छ ।

 

बिहीबार यो समाचार तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.१३ डलर रहेको छ । २३ फागुनको तुलनामा बिहीबार कच्चा तेलको प्रतिब्यारेल मूल्य ३०.८७ डलरले घटेको हो ।

 

 



सम्बन्धित
Loading...