होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु


 

 



शरीरमा लागेको होलीको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ।

 




झापाको कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।

 

 

मृतक किशोर शिवसताक्षी नगरपालिका वडा नम्बर १० को बल्निकुन्ज माध्यमिक विद्यालयका छात्र हुन्।

उनी अन्य साथीसँग दिउँसो होली खेल्न गएका थिए।

 

‘जिउमा लागेको रंग पखाल्न आयुस नदीमा नुहाउन पसेका थिए। अन्य साथी पनि नुहाउन नदीमा पसेका थिए। तर आयुस नदीमा डुबेर बेपत्ता भए। उनलाई केही क्षणमै मृत अवस्थामा भेटिएको थियो’, स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक श्रेष्ठले बताए।

 

 

घटनाको बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

 



सम्बन्धित
Loading...