नवलपुरमा स्कुटी दुर्घटनामा २ जना घाइते


 



ममता गाैतम – नवलपुर। पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको वाड नं -३ ब्रहस्थान स्थित भित्री सडखण्डमा दक्षिणबाट उत्ततर्फ आउँदै गरेको ना ५६ प ९८०२ नं को स्कुटर आफै अनियन्त्रित भै पल्टिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्।

 

घाइते हुनेमा कावासोती नगरपालिका वार्ड नं १७ गोछाडाटर बस्ने वर्ष ३४ को लाल बहादुर थनेत रहेका छन र स्कुटर पछाडि सवार वर्ष २७को विष्णु बहादुर महतो पनि घाइते भएका छन्।

 




उनीहरूलाई उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याईएको छ।

 

घाइते मध्य थनेतको टाउको , दुवै हात र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ । स्कुटर पछाडि सवार महतोको भने स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी चौकी कोल्हुवाले बताएकाे छ ।

 

घाइते थानेतको भरतपुर सामुदायीक अस्पताल, चितवनमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था भने सामान्य नै रहेको प्रहरीले जनाएकाे छ ।

 



सम्बन्धित
Loading...