माेटरसाइकल सडकबाट ६७ फिट तल खस्दा चालकको मृत्यु


 



अछाममा सडकबाट ६७ फिट तल माेटरसाइकल खस्दा चालक मृत्यु भएको छ।

 

 

बिहीबार राति मंगलसैन नगरपालिका-९ कैलाशखाेला जेराे पाेइन्टमा से ६ प१८९९ नम्बरको सडकबाट खसेको हो।

 

 




त्यसमा सवार ३५ वर्षीय मधुसुदन शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

 

 

मृतक शर्माले घटना हुनुभन्दा पहिले त्यहि ठाउँमा एक महिलालाई माेटरसाइकल पछाडि राखेर सवार गरेकाे पाइएकाे प्रहरीले जनाएको छ।

 

 

यस्तै घटना हुनुअघि शर्मा, ती महिला र अन्य साथीहरूसंगै एक होटलमा मादक पदार्थ सेवन पनि गरेको प्रहरीको अनुसन्धानबाट देखाएको थपलियाले बताए।

 

 

ती महिला पनि घरमा घाइते अवस्थामा फेला परेकी छन्।

 

 

शंकास्पद भएको हुँदा ती महिलालाई साेधपुछका लागि नियन्त्रणमा लिइएको थपलियाले बताए।

 

 

हाल मृतकको शव पाेस्टमाटमका लागि मंगलसैन अस्पतालमा राखिएको छ।



सम्बन्धित
Loading...