रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हु्ँदा १ जनाको मृत्यु


 

 



रुकुम(पूर्व) मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

 

पुथाउत्तरगंगा गाउँपालिका-१२ को गर्खानीमा रा१च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ ।

 

 




मृतकको भने परिचय खुलेको छैन । घाइते भएका ती पुरुषलाई रुकुमकोट अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 

 

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते एक जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

 

दुवैको रुकुम(पूर्व) अस्पततालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

 

शुक्रबार भएको दुर्घटनामा ट्याक्टर सडकबाट साढे ३०० मिटर तल खसेको थियो ।

 



सम्बन्धित
Loading...