नवलपरासीका एक जना स्रोत नखुलेको २२ लाख सहित पोखराबाट पक्राउ




पश्चिम नवलपरासीका एक जना युवक स्रोत नखुलेको २२ लाख रुपैयाँ सहित गएराति पोखराबाट पक्राउ परेका छन् ।

 

पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 




पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

 

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा. ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रकम भेटिएको प्रहरीले जनाएको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 



सम्बन्धित
Loading...