नवलपुरबाट लागुऔषध सहित तीनजना पक्राउ




नवलपुर प्रहरीले प्रतिबन्धित लागुऔषध सहित तीनजनालाई पक्राउ गरेको छ।

 

आइतवार नवलपुरको चालिस किलो जंगलमा  प्रहरी चेकिङ्गको क्रममा नेपालगञ्जबाट काठमाण्डौं तर्फ जान लागेको ना ६ ख ९६७९ नं को बसमा सवार देवचुली १२ कुनाघाट बस्ने वर्ष २८ को विजय वल सोही ठाउँ बस्ने वर्ष ३० को सुन्दर तामाङ्लाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए ।

 




प्रहरीले निजहरूबाट साथबाट प्रतिबन्धित लागुऔषध नुर्फिन-४९, डाइजापाम ४९ र फेनारगन ४९ बरामद गरेको छ।

 

त्यस्तै सोही ठाउँमै प्रहरी चेकिङ्गकै क्रममा जिल्ला तनहुँ व्यास नगरपालिका २ बस्ने वर्ष ३३ को मोहन शाहीलाई प्रतिबन्धित लागुऔषध नुर्फिन- २८, डाइजापाम २८ र फेनारगन २८ सहित प्रहरीले पक्राउ गरेको छ।

शाहीले चलाईरहेको प्र. नं. २ -०३-०२१ प २४३० नं. को स्कुटर समेत नियन्त्रणमा लिई कानुन बमोजिम अनुसन्धान भईरहेको गिरीले बताए।



सम्बन्धित
Loading...