बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो




लमजुङका मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।

 

हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिबार लागेको आगो झन झन् बढ्दै गएको छ ।

 




आगो नियन्त्रणका लागि अग्निरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएको छैन ।’ मर्स्याङ्दी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो ।

 

वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार  आगो नियन्त्रणका लागि पुगेका थिए ।डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलो नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए ।

 



सम्बन्धित
Loading...