सुनवलका दुर्गा क्षेत्री सात वर्षदेखि ओछयानमा, उपचारका लागि आर्थिक समस्या

गोपी ज्ञवाली –
नवलपरासी । पश्चिम नवलपारसी सुनवलका दुर्गा क्षेत्री मेरुदण्डमा समस्या भए पछि पछिल्लो सात वर्षदेखि ओछयानमा थला परेर बसेका छन् ।
सुनवल नगरपालिका वार्ड नम्बर ५ हर्दिया निवासी दुर्गा क्षेत्री सात वर्ष पहिला आफनै घरको आँगनमा चिप्लीयर सामान्य तरिकाबाट लडदा मेरुदण्डमा चोट लागे पछि पछिल्लो सात वर्ष देखि दैनिक सामान्य काम समेत गर्न नसक्ने गरि आछयान परेको दुर्गा क्षेत्रिकी श्रीमती ज्योति पौडेल क्षेत्रीले बताए ।
सामान्य कृषि कार्य गरी जीवनयापन गरिरहेका दुर्गा २०७२ सालको साउन महिनामा आफनै घरको आँगनमा लडेर घाईते भएका ५० वर्षीय दुर्गा क्षेत्री अहिले दिशापिसाब समेत सम्हाल्न नसक्ने अवस्थामा विस्तरामा परेर समस्यामा परेको श्रीमती क्षेत्रीले बताए ।
आँगनको छेउमा लडेर घाईते भएका दुर्गालाई उपचारका लागि पहिला भैरहवा मेडिकल कलेज र पछि काठमाण्डौंका विभिन्न अस्पतालहरुमा लगिएको भए पनि अहिले सबै अस्पतालले विदा दिए पछि एउत जिउँदो लासको रुपमा सुनवल स्थित घरमा नै विस्तरामा पर्नु भएको छ ।
कम्मरमा रहेको रिडको हड्डी ढुंगामा थिचिएर घाईते भएका दुर्गाको कम्मरदेखि तलको भाग पूर्ण रुपमा नचल्ने भएको छ । कम्मरको भागमा शुन्यता आए पछि दुर्गाले दिशापिसाब समेत भएको थाहा नपाउने अवश्थामा पुगेको बताए ।
घरमा कमाउने अवस्थामा रहेका अविभावक नै आछयान परे पछि अहिले परिवारमा आर्थिक समस्या समेत थपिएको छ । कम्मरमा चोट लागेर घाईते भएका दुर्गाको उपचारका लागि शुरुको समयमा नै ३० लाख भन्दा बडि रकम खर्च भए पछि आर्थिक रुपमा पनि समस्या पर्ने गरेको बताईएको छ ।
हडडीमा गम्भिर प्रकारको समस्या भए पछि उपचारका लागी देशका विभिन्न अस्पतालहरुमा उपचारका लागि पुगेको भए पनि मेरुदण्डको पक्षघात भए पछि अहिले उपचार नै सम्भव नभएको दुर्गाले बताए ।