नवलपरासीमा साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला काठमाडाैंबाट पक्राउ

ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो ।
पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रूपैयाँ नदिई उनी फरार रहेकी थिइन् ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले विमला श्रेष्ठलाई परासी ल्याइपुर्याएको बताए ।
सुनवल ४ का नेत्रप्रसाद भट्टराईले ठगि मुद्दामा दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरि ल्याइएको शाहीले बताए ।