सुनवलका महिला समूह अचार ब्यावसायबाट राम्रो आम्दानी गर्दै


 



फोटो क्याप्सन ः नवलपरासीको सुनवलमा उद्यमी महिलाहरुको समूह अचार बनाउदै ।
तस्विर ः गोपी ज्ञवाली ।फोटो क्याप्सन ः नवलपरासीको सुनवलमा उद्यमी महिलाहरुको समूह अचार बनाउदै ।
तस्विर ः गोपी ज्ञवाली ।

नवलपरासीको सुनवलमा उद्यमी महिलाहरुको समूह अचार बनाउदै ।



गोपी ज्ञवाली
नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा महिलाहरुको एउटा समूहले अचार व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन ।

 

सुनवल नगरपालिका वार्ड नम्बर १ स्थित महिलाहरुको समूहले पछिल्लो एक वर्षदेखि सुनवल अचार उद्योग स्थापना गरी विभिन्न प्रकारका अचारहरु उत्पादन गरी अचारको व्यवसाय गर्दै राम्रो आम्दानी गर्न सफल भएको सुनवल अचार उद्योग समूहकी संयोजक समिक्ष सिंजापतिले बताए ।

 

सिटिभिटीबाट ३ महिनाको ब्यवासायिक तालिम लिए पछि सुनवल १ स्थित महिलाहरुले एउटा समूह गठन गरी एक वर्ष पहिला देखि विभिन्न प्रकारका अचारहरु उत्पादन गर्दै आएको बताईएको छ ।

चार जना महिलाहरुले सुनवल अचार समूह गठन गरि अकबरे खुर्सानी, अमला, लप्सी, च्याउ, लसुन, गुन्द्रुक, तामा, मुला, गाजर लगाएतका विभिन्न प्रकारका तरकारी जन्य बस्तुहरुको समेतबाट अचार बनाएर विक्री वितरण गर्दै आएकोमा काम गरे अनुसारको दाम पनि कमाउन सफल भएको समूहकी अर्की उद्यमी महिला झरना बरालले बताए ।

 

विभिन्न प्रकारका फरक फरक बस्तुहरुको र कतिपय बेलामा मिक्स बस्तुहरुको अचार बनाएर विक्री गर्न थालेको छ महिनामा नै अचार समूहले बजार राम्रो गरी पाए पछि अहिले ग्राहकको मांगको आधारमा पनि अचार बनाउने र विक्री गर्ने गरेको बताईएको छ ।

 

 

महिलाहरुको समूह गठन गरी शुरुमा एक लाख रुपियाँको लगानीबाट शुरु गरेको अचार उद्योगले अहिले राम्रो आमदानी गर्न सफल भएको भन्दै समूहका महिलाहरु यस ब्यवसायमा उत्साहित हुनु भएको बताईएको छ ।

 

यसरी उत्पादित अचारहरु मध्य अकबरे खुर्सानी, अमला, लप्सी, लसुनको अचारको ब्यापक मांग रहेको बताईएको छ ।यसरी उत्पादित अचार नवलपरासीको स्थानिय बजारमा नै खपत हुने गरेको उद्यमी सिंजापतिले बताउनु भयो ।

 

शुरुको समयमा एक लाख रुपियाँको लगानीमा उत्पादित अचारको बिक्रीबाट करिब ७० प्रतिशत लाभान्स आए पछि ब्यावसायमा राम्रो उत्साह आएको हो । अन्य कामबाट आएर र समय भएको अवश्थामा अचार बनाएर ग्राहकको माँग पुरा गर्न नसकिने भए पछि अहिले समूका महिलाहरुले अन्य कामलाई समेत छाडेर ब्यावसायिक रुपमा नै अचार उत्पादन र विक्रीमा रहेको बताईएको छ ।

 

अचार बनाउने बस्तुको प्रयाप्तता हुने हो भने अहिले यो उद्योगलाई अन्य नजिका शहरहरुका ठुला होटलहरुमा समेत अचार विक्री वितरण गर्न सकिने सम्भावना रहेको बताईएको छ ।
गोपी ज्ञवाली

 



सम्बन्धित
Loading...