मध्यबिन्दु ३ को एमाले पार्टी कार्यालय उदघाटन


नेकपा एमाले मध्यबिन्दु ३ को पार्टी कार्यालयको एक कार्यक्रमका बिच उदघाटन गरीएको छ ।


नेकपा एमालेका केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज तथा संघीय साम्सद तिलक महतले उदघाटन गर्नभएको हो । उदघाटन कार्यक्रममा बोल्दै महतले जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, आपाङता भत्ता, सामुदायीक बिध्यालयमा अध्ययन गर्ने बिध्यार्थीका लागी दिवा खाजाको ब्यवस्था, जनता आवास कार्यक्रम मार्फत बिपन्नलाइ घर, खरको छानो भएका गरिब परिवारका लागी टिनको छानो, राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम, प्रधानमन्त्री स्वारोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम, सिंचाइ डिप बोरिङ, डिप स्यालोटयुब, बाटो बनाउने, बिध्यालयमा निशुल्क सेनेटरी प्याडको ब्यवस्था, प्रत्येक वाडमा स्वास्थ्य चौकी लगाएतका सबै जनमुखी काम गर्ने पार्टी एमाले भएकाले सबै जनताले एमालेलाई मन पराएको बताउनुभयो ।

 

मध्यबिन्दु ३ मा नारायणीले गर्ने कटान, गैडा आतंक, जस्ता समस्या बिद्यमान रहेकाले यस्ता समस्याको रोकथाम र नियन्त्रण गर्न एमालेका उम्मेवारलाई जिताउन समेत सम्पुर्ण वडाबासीलाई आग्रह गर्नुभयो । मध्यबिन्दु ३ मा बाटोघाटाेको समस्या रहेकाले एमाले सरकार हुदा आफुले बिभिन्न निकाय धायर बजेट बिनियोजन गरी बाटो बनाएको बताउनुभयो । नारायणी नदिले गर्ने कटानको दीर्घकालीन समाधानका लागी आफूले डिपि आर समेत गराएको बताउनुभयो ।



कार्यक्रममा एमाले नवलपुर जिल्ला सचिब भिमलाल अधिकारी, एमाले जिल्ला सदस्य तथा मध्यबिन्दु ३ इन्चार्ज निर्मला ढुंगाना, जिल्ला सदस्य सरस्वती पन्थी, प्रेम केसी, एमाले कावासोती नगर अध्यक्ष रामकृष्ण ढुंगाना लगायतकाको सहभागीता रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेकालाइ प्रमुख अतिथि महतले पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रम एमाले मध्यबिन्दु ३ का अध्यक्ष मान बहादुर महतोको अध्यक्ष र एमालेका केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज तथा नवलपुर २ का सम्सद तिलक महतको प्रमुख आतिथ्यतामा भएको थियो ।
नेकपा एमाले मध्यबिन्दु ३ को आयोजनामा कार्यकर्ता भेला सप्पन्न भएको छ । आउदै गरेको स्थानिय निर्बाचनलाई लक्षीत गर्दै कार्यकर्ता भेला भएको हो ।

 

नवलपुर २ का संघीय सम्सद तिलक महतको प्रमुख आतिथ्यतामा भएको वार्ड भेलामा एमाले गण्डकी प्रदेश सदस्य चिन्तामणी चौधरी, एमाले नवलपुरका सचिब भिमलाल अधिकारी, एमाले जिल्ला सदस्य तथा मध्यबिन्दु ३ इन्चार्ज निर्मला ढुंगाना, जिल्ला सदस्य प्रेम केसी, जिल्ला सदस्य सरस्वती पन्थी, जिल्ला सदस्य जोगमाया महतो, मध्यबिन्दु नगर अध्यक्ष मधुबिलाश अधिकारी, कावासोती नगर कमिटी अध्यक्ष रामकृष्ण ढुंगाना लगायतका नेताले भेलालाइ सम्बोधन गरेका थिए ।

 

भेलामा बोल्दै नवलपुर २ का सम्सद तिलक महतले स्थानिय निर्बाचन आउन अब धेरै समय नभएकाले सबै नेता तथा कार्यकर्तालाइ निर्बाचनको तयारीमा जुटन आग्रह गर्नु भयो । उहाले भन्नु भयो “घर घर गयर एमालेले गरेका जनपक्षीय काम जनतालाइ बुझाउन सकेमा एमालेको जित सुनिश्चित छ “
जेष्ठ नागरीक भत्ता एमालेले सुरु गरेर अहिले चार हजार पुर्याएको , गाउगाउमा सहकारी, प्रत्येक वडा वडामा प्रथामिक स्वास्थ्य केन्द्र, वडा वडामा प्रयाप्त बजेट ल्याउने ब्यवस्था, बिध्यालयमा दिवा खाजाको ब्यवस्था, लगायतका थुप्रै लोकप्रीय कार्यक्रम एमालेले ल्याएको हुदा अबको निर्बाचनमा पनि एमालेलाई जिताउनुपर्ने उहाले बताउनुभयो ।

 

नेपाली कांग्रेसले धेरै बर्ष देश चलाउने अबसर पाएर पनी केही गर्न नसकेको बरु उल्टै देशमा सन्चालनमा रहेका उध्योग धन्धा कौडीको भाउमा बेचेको बताउनु भयो । एमालेले सुकुम्बासी, अब्यवस्थित बसोबासीलाई लालपुर्जा दिने भए पछि सबै अताल्लीएर सरकार ढालेको आरोप उहाले लगाउभयो ।

 

त्यस्तै नवलपुर जिल्ला सचिब भिमलाल अधिकारीले मध्यबिन्दुमा एमालेलाई जिताउनका लागि सबै दत्त चित्त भएर लाग्नुपर्ने बताउनुभयो । ५ बर्षमा कांग्रेसले केहि गर्न नसकेको बताउदै मध्यबिन्दुका जनताले चाहेको समृद्धि र बिकाशका लागी आगामी निर्बाचनमा एमालेले जित्नु पर्ने बताउनुभयो । मध्यबिन्दु ३ को नारायणी नदिको कटान, गैडा आतंक जस्ता समस्याको बारेमा नगरपालीका, वडा कसैले चासो नदिएको बताउनुभयो ।
कार्यक्रम एमाले मध्यबिन्दु ३ का अध्यक्ष मान बहादुर महतोको अध्यक्षता र वडा उप सचिब अनिल महतोको सन्चालनमा सप्पन्न भएको थियो ।


सम्बन्धित
Loading...