जनसंख्याको अधारमा दलितहरुले महत्वपुर्ण स्थान पाएन्न


रामकरण अम्बेडकर परासी –



पश्चिम नवलपरासी पाल्हीनन्दनमा जनसंख्याको अधारमा दलितहरुलाई महत्वपुर्ण स्थान नदिई दलित महिला वडा सदस्य दिई कार्यकरताहरुले  विभेद गरेका छन ।

यस कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता मनोज कुमार नागवंशी विशिष्ट अतिथि विरेन्द्र हरिजन अतिथि वडा सदस्य ईन्दा हरिजन लगायत उपस्थिती रहेको थियो




पाल्हीनन्दन ४ मा वडा स्तरिय दलित समुदायका ब्यक्तिहरु संग समाजिक राजनितीक सम्बन्धमा छलफल गरी विचार विमर्स समपन्न भई यस विषयमा पुर्तीको लागि रामअवतार हरिजनको अध्यक्षतामा ११ सदसीय दलित तथा उतपिडित उत्थान विकास मंच गठन गरियो ।

यस कार्यक्रममा पाल्हीनन्दन वडा नं ४ मा पर्ने लोहरौली पाल्ही वैरवां ब्रमपुरवाका पुरुष महिला लगायत ४५ जना उपस्थिती रहेका थिएं ।

दलित समुदाय संग आर्थिक अवस्था कमजोर रहे पनि भोट सब भन्दा बढी देखिएको कारण दलित समुदायको ब्यक्ति लाई उमेदवारी दिनको लागि पार्टीका कार्यकर्ताहरुले पैसा खर्च गर्न सकनु हुन्छ भन्दै पार्टीहरुले दलितहरु लाई टिकट दिनमा आलटाल गरेका छन दलित उमेदवारले बताएका छन ।

दलितहरुलाई चुनावको बेला उमेदवारी दिने बेला  आर्थिक हैसियत हेर्छ तर पार्टीमा सदस्यता दिनको लागि छाप्रोको घरमा पुगी सदस्यता दिन्छन अब हामी भोटर भएर मात्र बस्दैनौ हामीलाई पनि बराबरको उमेदवारी चाहियो दलितहरुले दावी गरेका छन ।

कानुनले दिएको दलित महिला वडा सदस्य बाहेक कुनै पार्टीले उमेदवारीको लागि टिकट दिएन भने हामी स्वतन्त्र उमेदवारी गर्छौ बंचित समुदायहरुले बताए  ।

पार्टीहरुको यस्तै क्रियाकलाप रहयो  भने अब हामी छुटै पार्टी दर्ता गराउंछौ तर उमेदवारी गर्नबाट पछाडी बस्दैनौ बकताहरुले बताए ।

दलित वर्गको नाम बेचेर बिचौलियाहरुले लाखौं  रुपैया  चुनावमा कमाउछन र यी समुदायलाई चुनावको बेला खाजा नास्ता मात्र खुवाई हामीहरु संग प्रचार प्रसार गराउंछन अवसर पाउने बेलामा उही आफना नाताबाता र आफनै खलकका ब्यकती अवसर दिन्छन हामीहरुलाई प्रयोग मात्र गरेको हुन्छन हामीहरु लाई बराबरको अधिकार चाहिन्छ उपस्थित रहेका दलितहरुले बताए ।

पार्टीहरुले दलित समुदायलाई महत्वपुर्ण पदमा उमेदवारी गर्न टिकट दिएन भने हामीहरु स्वतन्त्र उमेदवार खडा गरी जिताउछौ त्यसैको लागि हामीहरु प्रत्येक वडामा कमिटी गठन गर्दै अगाडी बढेको समग्र दलितहरुले बताएका छन ।



सम्बन्धित
Loading...