मुकुन्दे चुनावमा गगन थापासँग भिड्ने !


काठमाडौं । पछिल्लो समय स्थानिय तहको निर्वाचनमा बाक्लो संख्यामा स्वातन्त्र उम्मेदवारहरु चुनाव लड्ने घोषणा गर्दै तयारीका लागि मैदानमा उत्रदैछन् ।



त्यस्तै ‘मुकुन्दल्यान्ड’का अभियान्ता मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ले संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिने तयारी गरेका छन् ।

सार्वजनिक स्थलमा समसामयिक र राजनीतिक विषयमा गहकिला भाषण गर्न खप्पिस उनी सामाजिक संञ्जालमा पनि उत्तिकै खरो र दरो टिप्पणी गर्दै उतिकै चर्चा बटुलेका घिमिरेले गृहजिल्ला भोजपुरभन्दा टाढा उम्मेदवारी दिने भएका हुन् ।




काठमाडौं क्षेत्र नं. ४ नेपाल काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । घिमिरे ‘मुकुन्दे’ नामले परिचित छन् भने ‘मुकुन्दल्यान्ड’ नामक एजेन्डालाई पोलिटिकल एजेन्डा बनाएका छन् ।

उनले लेखेका छन्– व्यवस्थाअनुसार गृहजिल्लाभन्दा अन्तैबाट निर्वाचनमा उम्मेदवार बन्न गृहजिल्लाको मतदाता नामावली प्रमाणित प्रति चाहिन्छ । यसअघिका चुनावहरुमा घिमिरेसँग यो कागज थिएन । आइतबार सामाजिक सञ्जालमा मतदाता नामावली विवरण सार्वजनिक गर्दै लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी शुरु भयो ।🙏

घिमिरे कुशल वक्ता हुन् । उनको तीक्ष्ण शैलीको भाषण कला र सामाजिक सञ्जालमा गर्ने टीप्पणी धेरैले रूचाउने गरेका छन् ।

 



सम्बन्धित
Loading...