शिवराजमा एमालेका मेयर र उपमेयरका आकांक्षी
कपिलवस्तु ।
आगामी बैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट शिवराज नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ ।
मंगलबार बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको एमाले शिवराज नगर अध्यक्ष जगत पौडेलले जानकारी दिए ।
शिवराज नगरपालिकाकोे मेयर पदका लागि आकांक्षी महादेव पोख्रेल, अर्जुन कुमार केसी र लोकेन्द्र पौडलको नाम सिफारिस गरेको अध्यक्ष पौडेलले बताए ।
मेयर पदका आकांक्षि अर्जुन कुमार केसी लुम्बिनी प्रदेश सभा सदस्य एवम एमाले कपिलवस्तुका उपसचिव हुन भने अर्का आकांक्षि सुरु देखि नै एमाले शिवराजका मेयर पदका दावेवार रहेका युवा नेता एमाले शिवराजका उपाध्यक्ष महादेव पोख्रेल हुन त्यस्तै अर्का आकांक्षि लोकेन्द्र पौडेल साविक जुकेना गाउँ कमिटीका सचिव हाल शिवराजका नगर कमिटी सदस्य हुन् ।
त्यसैगरी उप मेयर पदको लागि शिवकुमारी थारु र निशा विश्वकर्माको नाम सिफारीस गरेको छ । त्यस्तै उप मेयर पदको लागि शिवकुमारी थारु र निशा विश्वकर्माको नाम सिफारीस गरेको छ । थारु तत्कालीन शिवराज नगर उप मेयर पदमा रहेकी छन् भने विश्वकर्मा एमाले शिवराजकाे पुर्व सचिव हुन् ।