माओवादी चुनावी पोष्टरबाट किन हट्याे कुलमान घिसिङको तस्बिर




नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुक पेजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो भएको चुनावी पोस्टर हटाइएको छ।

 

बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डले कुलमानको फोटो भएको चुनावी पोस्टर फेसबुकमा राखेका थिए। माओवादीका अरू नेताहरूले पनि उक्त पोस्टर पोस्ट गरेका थिए।




अहिले उक्त पोस्टर सम्पादन गरेर प्रचण्डको मात्रै तस्बिर राखिएको छ।

 

आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको भन्दै कुलमानले आपत्ति जनाएका थिए।

‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले सेतोपाटीसँग भने,‘मैले हटाउन भनिसकेको छु।’

 

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एउटा मोडलका रूपमा उक्त पोस्टर राखिएको बताए।

‘त्यो प्रचार-प्रसारको अन्तिम पोस्टर थिएन,’ महराले भने।

 

सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको थियाे ।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको थियाे । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको थियाे ।

 

 



सम्बन्धित
Loading...