रचना रिमाल फ्यानबाटै लखेटिए ! के हाे वास्तविकता ?
लाेकप्रिय गायिका रचना रिमाललाई केही व्यक्तिहरूले लखेटेको जस्तो देखिने एउटा भिडिओ टिकटकमा भाइरल भएको छ ।
उनी त्रसित मुद्रामा अघिअघि कुदिरहेको र पछाडि दर्जनौंले पछ्याइरहेको भिडिओमा देखिन्छ । धेरैले यो भिडिओलाई लिएर अनेक अनुमान लगाइरहेका छन् ।
तर यसकाे यथार्थ भने फरक रहेकाे छ । इलामकाे एक कार्यक्रमबाट फर्किने क्रममा याे भिडियाे कैद भएकाे बुझिएकाे छ ।
रचनाका अनुसार इलाममा करिब ३० मिनेट लगाएर ५ वटा गीत गाएर उनी माेरङ फर्किने तयारीमा थिइन् ।

मोरङबाट लिन गाडी आइसकेकाे र उताबाट आएका व्यक्तिहरूले उनलाई गाडी आइसक्यो कुद भनेपछि उनी कुदेकी हुन् ।
उनीसँग फोटो/सेल्फी खिचाउन आतुर भएका दर्शकहरु पछि लागेपछि लखेटेको जस्तो देखिकाे हाे ।
