तास खेलिरहेको अवस्थाबाट लाखौ नगदसहित ११ जना पक्राउ


 



गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख  ४३ हजार ६ सय ९० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

 




यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

अख्तियारमा बाराबाट बढी उजुरी

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन् ।

सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकाविरुद्ध ३६ उजुरी परेका हुन् ।

चालु आव २०७८/८९ को फागुन मसान्तसम्ममा ४० उजुरी परेको आयोगले जनाएको छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा ३७ उजुरी फर्छ्यौट गरिएको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिकामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरी ५४ उजुरी परेका छन् । यीमध्ये २९ उजुरी फर्छ्योट गरिएको छ ।

आयोगको क्षेत्राधिकारभित्र १५ जिल्ला पर्छन् । बाराबाट ३०४ उजुरी परेकामा १७५ फर्छ्योट गरिएको आयोगले जनाएको छ ।

 



सम्बन्धित
Loading...