मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा आगो ल–गाए पछि ….

कैलालीमा आफ्नै शरीरमा आगाे लगाउँदा एक जनाकाे मृ(त्यु भएको छ।
बिहीबार बेलुकी १० बजे कैलारी गाउँपालिका -२ मझेराका २९ वर्षीय अम्मर चौधरीले मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा आ–गो लगाएका थिए।
उनले प्रज्वलनशील पदार्थ छर्केर आ’गो लगाएको अनुमान छ। आगोबाट उनी घाइते भएका थिए।
उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि पुर्याइएको थियो।
उपचारकै क्रममा आज बिहान ६ बजे चाैधरीकाे मृ’त्यु भएको प्रहरीले जनाएको छ। उनले के कारणले शरीरमा आ’गाे लगाए भन्ने खुलेको छैन।
मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

सिरहासहित मिथिला क्षेत्रमा आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइँदै छ ।
नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएकाे हाे । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत खाने र खुवाने परम्परा छ ।
आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ । गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा छ ।