मृ’त्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जना विरुद्ध भ्रष्टा’चार मु’द्दा


 



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जना विरुद्ध भ्रष्टा’चार मु’द्दा द’र्ता गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष स्वर्गीय नवल सिहं रावलसहित १४ जना विरुद्ध मु’द्दा दर्ता भएको हो ।

 

आयोगले उपाध्यक्ष पुजादेवी बुढामगर, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र निर्माण व्यवसायीसमेत १४ जना तथा एक निर्माण कम्पनी उपर राजस्व चुहा’वट गरी सार्वजनिक सम्पत्ति हानि’नोक्सा’नी गरेको भन्दै आ’रोप–पत्र दायर गरेको छ ।

 




उनीहरुले न्यू वडिमालिका निर्माण सेवाका ठेकेदारसंगको मिलेमतोमा सम्झौता भई भ्रष्टा’चार भएको भन्ने उजुरी आयोगका परेको थियो ।

 

उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पुजादेवी बुढा मगर, वडा नं. २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नं. ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नं. ४ का वडा अध्यक्ष टेक वहादुर बोगटी, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष नन्दराम गिरी, गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशाल कुमार पहराई संलग्न रहेको खुलेको हो ।

 

उनीहरुले गाउँकार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मि’नाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५६८ रुपैयाँ सार्वजनिक सम्पत्तिको हानि’नोक्सा’नी गरेको देखिएको हो । उनीहरुसंग ५४ लाख १८ हजार ५६८ रुपैयाँ बि’गो माग गरिएको छ ।

 

न्यू वडिमालिका निर्माण सेवा र सोका प्रोप्राइटर मकर बहादुर शाहसमेतले पहिलो किस्ताबापतको कबोल अंक रकम शर्तबमोजिम सम्झौताका बखत जम्मा नगरी सम्झौता गरेको पाईएको छ ।

 

प्रमाणित राजस्व रसिद प्रयोग नगरी नदीजन्य पदार्थ संकलन गरेको र मिना’हाको माग गरी गाउँकार्यपालिकाबाट निर्णयसमेत गराई मिना’हा गराएको रकम, सोबापतको मुल्य अभिबृद्धि कर रकम र गाउँपालिकामा पहिलो किस्ता मानी ढिलो गरी बुझाएको रोयल्टीबापतको रकम, आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्ने मुल्य अभिबृद्वी कर मध्ये नबुझाएको रकम गरी जम्मा ५६ लाख ३४८ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आयोगको आरोप छ ।

 



सम्बन्धित
Loading...