विवाहको तयारीमा गायिका मेलिना राई

चर्चित गायिका मेलिना राई विवाहको तयारीमा छिन्। उनले सामाजिक सञ्जाल मार्फत प्रेमी सञ्जिब बराइलीसँगको तस्बिर पोस्ट गर्दै विवाहको तयारीमा रहेको जानकारी दिएकी हुन्।
उनले संजीबसँग इन्गेजमेन्ट पनि भैसकेको उल्लेख गरेकी छन्। संजीब र मेलिनाले दुई वर्ष अगाडि नै इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ। उनीहरू यसैवर्ष बिहे गर्ने तयारी समेत गरेका छन्।
सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन्।
वसन्त थापाले ल्याए ‘पाल्पाको चुकाउनी’
लोकगायक तथा संगीतकार वसन्त थापाले ‘पाल्पाको चुकाउनी’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।
गीतमा वसन्त र लक्ष्मी मल्लको स्वर रहेको छ भने नवराज पन्तको शब्द तथा वसन्त स्वयंको संगीत रहेको छ । गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।
भक्तपुरको दही र पाल्पाको चुकाउनीलाई विम्बको रुपमा प्रस्तुत गर्दै मायाप्रेमको गीत तयार पारिएको वसन्तले बताए । गीतको भिडियोमा वसन्त, सुनिल क्षेत्री, समारिका–स्मारिका ढकाल फिचर्ड छन् ।
दीपक एम सिंहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोका निर्माता सूर्य ओली हुन् ।