पाल्पामा बस दुर्घ’टना हुँदा दुई जनाको मृ’त्यु, ५ घा’इते




पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो । लु१च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवा तर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।




दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् । दुर्घटना घाइते भएका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ।

बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए।

उनको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा भइरहेको उनले बताए।

यसअघि पनि उनलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो। उपचारपश्चात करिब एक हप्तापछि उनी डिस्चार्ज भएका थिए।

 



सम्बन्धित
Loading...