माओवादी केन्द्रका प्रदेश सदस्य पार्टीबाट निस्कासित

गाेपी ज्ञवाली –
नवलपरासी, । पार्टीको सांगठनिक अनुशासन विपरित कार्यमा संलग्न रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपरासीले माओवादीका लुम्बिनी प्रदेश समिती सदस्य सुर्य प्रसाद न्यौपानेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ ।
सुनवल निवासी माओवादी केन्द्रका लुम्विनी प्रदेश समिती सदस्य सुर्य प्रसाद न्यौपानेले पछिल्लो लामो समय देखी पार्टीको हित विपरित अन्य पार्टीको काममा संलग्न रहेको र बारम्बार सच्चिनका लागि दिएको पार्टीको निर्देशनलाई समेत अवज्ञा गरेको भन्दै पार्टीका लुम्बिनी समिती सदस्य सुर्य न्यौपानेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला ईन्चार्ज घनश्याम यादवले हस्ताक्षेर गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।
नेता न्यौपाने जनयुद्धकाल देखी नै माओवादीको पार्टीमा पुर्णकालिन कार्यकर्ताको रुपमा काम गर्दै आएका नेता हुन ।
माओवादीबाट मोहन बैध्य किरणले पार्टी फुटाएर भिन्दै पार्टी बनाएको अवश्थामा न्यौपाने बैध्यको माओवादीमा गएका थिए भने पछिल्लो तीन वर्ष देखी पुनः प्रचण्ड नेतृत्वको माओवादीमा पुन फर्की काम गदैं आउनु भएको थियो ।
आसन्न स्थानिय तहको निर्वाचनमा न्यौपाने सुनवल नगरपालिका वार्ड नम्बर १३ बाट वडा अध्यक्षको रुपमा उमेदवारी दिने तय भई सकेको अवश्थामा न्यौपानेले अन्य प्रतिपक्ष पार्टीसंग पार्टी हित विपरित गतिविधी गरेको पाईए पछि नेता न्यौपानेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको माओवादीका जिल्ला ईन्चार्ज धनश्याम यादवले बताउनु भएको छ ।
