बसको ठक्करबाट १८ वर्षीय दाहालको मृत्यु
काठमाडौंको बेसिगाउँमा बैशाख १ गते बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ३ जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । हिजो मध्यान्ह १२ बजे भएका सवारी दुर्घटनामा संलग्न चालकलाई बस सहित प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।
यो पनि पढ्नुहोस -बैशाख २ । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।
गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ घाइते भएका थिए । जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो ।सोही दुर्घटनामा २१२ घाइते भएका थिए । साउनमा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ घाइते भएका छन् । यस्तै भदौमा भएका ११८ दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । दुई सय ७८ जना घाइते भएका थिए ।

असोजमा भएका १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाइते भएका थिए । कात्तिकमा भएका १६३ सवारी दुर्घटनामा ४३७ जना घाइते भएका थिए भने ४१ ज्यानले ज्यान गुमाएका छन् । मङ्सिरमा भएका १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ घाइते भएका छन् । पुसमा भएका दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । एक सय १४ दुर्घटनामा २२० जना घाइते भएका थिए । माघमा ३४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने १२२ दुर्घटनामा १७७ जना घाइते भएका छन् ।