अश्लील भिडियो देखाएर दुर्व्यवहार गरेको भन्दै जनक माविका विद्यार्थी आन्दोलित : अवस्था नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रु ग्यास प्रहार


 



गैडाकोट । नवलपुरको गैडाकोटस्थित जनक माविमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् । अश्लिल भिडियो देखाउने शिक्षकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै आन्दोलित बनेका हुन् ।

 




कक्षा १२ मा अध्ययनरत छात्रालाई सोही स्कुलमा कम्प्युटर पढाउने शिक्षकल कपिल घिमिरेले अश्लिल भिडियो देखाएर यौन दुर्रव्यवहार गर्न खोजेको आरोप लागेको छ ।

 

 

आरोपीत शिक्षकको राजीनामा मागेका छन् । गैडाकोट प्रहरीको टोलीले आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

 

३ राउण्ड अश्रुग्याँस प्रहार गरेर अनियन्त्रित भीडलाई नियन्त्रण लिने प्रयास गरेको स्थानीयहरुले बताएका छन् । विद्यार्थीहरुले स्कुलभित्रको दुईवटा मोटरसाइकलमा आगो लगाइदिएका छन् । झ्यालमा समेत तोडफोड गरेका छन् ।

 

 

आरोपीत शिक्षक, अभिभावक र विद्यार्थी प्रतिनिधिबीच करिब १ घण्टादेखि छलफल चलिरहेको छ । घटनाबारे गैडाकोट प्रहरी र विद्यालयले हालसम्म कुनै विवरण सार्वजनिक गरेका छैनन् ।

 



सम्बन्धित
Loading...