श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित एकजना पक्राउ


 



प्रहरीले श्रोत नखुलेको ५९ हजार भारतीय रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा भारत आम्दाबाद गुजरात बस्ने ३९ वर्षीय नरेश कुमार बाबुभाई रहेका छन् ।

 




उनलाई विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।

 

वालिङ जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

 

स्याङ्जाको वालिङ-१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

 

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ-१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा सोमबार  बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए ।

 

 

अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ ।

 

वालिङ नगरपालिका-१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।

 



सम्बन्धित
Loading...