१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पक्राउ


 



stop violence children and abuse in family concept

१२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।

 

 




जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

 

 सोही आरोपकाे आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

 

 

पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रवक्ता जोशीले बताए ।



सम्बन्धित
Loading...