नवलपरासीमा डुबेर एक जनाको मृत्यु, कपिलवस्तुमा सवारी दुर्घटनामा एकको निधन

नवलपरासी (पश्चिम) को झरही खोलमा एक जनाको डुबेर मृत्यु भएको छ । रामग्राम नगरपालिका–१२ स्थित झरही खोलामा डुबेर सोही वडा कसिया बस्ने ४० वर्षीय राधेश्याम चौधरीको डुबेर मृत्यु भएको सोमबार प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुमा सवारी दुर्घटनामा एकको निधन
राती कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–४ गोपालपुरस्थित सडकमा लु १३ प ८८०९ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६५ वर्षीया बृजामती कुर्मीको मृत्यु भएको हो ।
गम्भीर घाइते कुर्मीको जिल्ला अस्पताल तौलिहवमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रकृया अगाडी बढाएको बताइएको छ ।