कसैले पनि बुझाएनन हातहतियार नवलपुरमा, निर्वाचन लक्षित यस्तो र नवलपुरमा सुरक्षा योजना


 



नवलपुर । पूर्वी नवलपरासीमा जिल्ला प्रशासन कार्यालय नवलपुरले निर्वाचन शान्तिपूर्ण गराउनका लागि हात हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेपनि कसैले हातहतियार बुझाएका छैनन् ।

 

नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलेका अनुसार नवलपुरमा ५० को हाराहारीमा अनुमति लिएर राखिएको हात हतियार रहेको अनुमान गरिए पनि अझैसम्म कसैले पनि हातहतियार बुझाएका छैनन् ।

 




जिल्ला प्रशासन कार्यालय नवलपुरले यस अघि १५ दिने सूचना जारी हातहतियार बुझाउन आग्रह गरेपनि अहिले सम्म कसैले नबुझाएको हो ।

 

प्रमुख जिल्ला अधिकारी घिमिरेले भने – अहिलेसम्म कसैले हातहतियार बुझाएका छैनन् । नयाँ जिल्ला भएको कारण परासीबाट रेकर्ड मगाएका छौं । हातहतियार नबुझाए पनि घरघर गएर भए पनि लिने छौं ।

 

यसैबीच नवलपुरमा आज विहान नवलपुरका सुरक्षा प्रमुखहरुको वैठक बसेर स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना पारित गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

 

 



सम्बन्धित
Loading...