युवकको ह’त्या गरिएको अवस्थामा श’व फेला, मृत’कको पहिचान हुन सकेन

धनुषामा एक युवकको ह-त्या गरिएको अवस्थामा श’व फेला परेको छ।
बुधबार बिहान करिब १० बजे स्थानीयले जनकपुर उपमहानगरपालिका-२१ स्थित रामनारायण महासेठको पोखरीमा डुबि’रहेको अवस्थामा एक युवकको श’व फेला पारेको हो।
अन्दाजी २५ वर्षीय पुरूषको पहिचान भइनसकेको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।
शवको हात, मुख र खुट्टा बाँधिएको अवस्थामा फेला परेको उनले बताए।
‘पहिचान नहुँदा अनुसन्धान गर्न सहज भएको छैन,’ उनले भने।
कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी प-क्राउ
कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले प’क्राउ गरेर मु’द्दा चलाएको छ । अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसी पाटी डटकम नामक अनलाइन मिडिया द’र्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्र’हरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्रा’उ गरेर लिखतसम्बन्धी कसुरमा मु’द्दा चलाएको हो ।
अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौँमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको न’क्क’ली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको खुलासा भएको छ । साबिकको महादेवीस्थान गाविस–४ हाल हलेसी तुवाचुङ नगरपालिका–७ का कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोजले सूचना तथा प्रसारण विभागमा पेस गरेको शैक्षिक योग्यताको प्रमाण’पत्रको रजिष्ट्रेशन नम्बरलगायत सबै मिलेको पाइएको छ ।
अर्काका नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरी सरकारी छाप र दस्तखतसमेत की’र्ते गरेर पेस गरेको कागजातका आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै प्रहरीमा उ’जुरी परेको थियो । आवश्यक प्रमाणसहित स्थानीय एक व्यक्तिले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरी मङ्गलबार जिल्ला ल्याइएको सूचना अधिकारी साहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले प्रतिवादी गिरीलाई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिएका छन् । गिरीलाई जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा मङ्गलबार पाँच दिनको म्या’द थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सूचना तथा प्रसारण विभागमा वि.सं २०७६ असोज–५ गते दर्ता भएको सो अनलाइन मिडियाको दर्ता प्रमाणपत्र नं १५६५–२०७६–०७७ रहेको छ । गिरीमाथि अनलाइन सञ्चारमाध्यममार्फत विभिन्न व्यक्तिको च’रि’त्र ह’त्या गर्ने, नियोजित र प्रायोजित समाचार लेख्ने गरेको लगायतका आ’रोप लागेको छ ।
गिरीले अनलाइन मिडिया दर्ताका लागि सूचना तथा प्रसारण विभागमा पेस गरेको प्रमाणपत्रमा एसएलसी वि.सं २०६० मा, आइए वि.सं २०६३ मा र बिए २०६५ मा उत्तीर्ण गरेको भेटिएको छ । वि.सं २०६५ मा बिए तीनवर्षे थियो ।