नायिका केकी अधिकारीले गरिन् गुपचुप बिहे, यी हुन् उनका श्रीमान्

काठमाडौँ । नायिका केकी अधिकारीले गुपचुप रुपमा बिहे गरेकी छन् । नायिका केकीले बुधवार गुपचुपमा विवाह गरेको चर्चाले चलचित्र नगरीमा उनको चर्चा हवात्तै बढेको छ ।
आखिर को हुन् त उनका श्रीमान् भन्ने जिज्ञाषा पनि आम नागरिकमा बढेको छ । उनले व्यवसायी रोहित तिवारीसँग सिमित पारिवारिक जमघटमा वीच लगनगाँठो कसेकी हुन् ।
रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह-संस्थापक तथा सीइओ रहेको थाहा भएको छ ।
उनी रोहितसँग केही समयदेखि प्रेम सम्बन्धमा भएको बुझिएको छ । उनीहरुको अफेयरको बारेमा केकी नजिकका सीमित व्यक्तिलाई कलाकारहरूलाई मात्र थाहा भएको खुल्न आएको छ ।
विवाहपछि केकी श्रीमान् बस्ने काठमाडौंस्थित ग्रान्डी अपार्टमेन्टमा भित्रिएकी छन् । उनले पहिल्यैदेखि गुपचुप रुपमा विवाह गर्ने बताउदै आएकी थिइन् ।
प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्दै आएकी थिइन् ।
यद्यपि केकीले आज भने बिहीवार विवाहका तस्विरहरु सार्वजनिक गरेकी छैनन् । उनी निकट स्रोतका अनुसार विवाहका तस्विरहरु भोलि सार्वजनिक गर्ने भएकी छन् ।