नेपालमा आईपीएलको सट्टाबाजी, २ जना पक्राउ




इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सट्टावाजीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सट्टाबाजी खेल खेलाउने  मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र खेल्ने विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने ४४ वर्षीय भुपेन्द्रकुमार साह रहेका छन् ।

 




उनीहरूको साथबाट प्रहरीले २८ हजार ३२५ रुपैयाँ नगदका साथै सिद्धार्थ बैंक र लक्ष्मी बैंकको चेक र मोबाइल बरामद गरेको छ ।

 

दुई जनालाई मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



सम्बन्धित
Loading...