अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवनमा बाँधिए फाेटाे फिचर


 



अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवनमा बाँधिएकी छिन् ।




अभिनेत्री अधिकारीले बुधबार व्यवसायी रोहित तिवारीसँग वैवाहिक जीवनमा बाँधिएकी हुन् ।

जानकारी अनुसार अभिनेत्री अधिकारी र ब्यवसायी तिवारीले सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । विगत केही समयदेखि प्रेममा रहेका यो जोडीले आफूहरूबीचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् । अभिनेत्री केकीले विवाहका तस्बिरहरू भने आज सार्वजनिक गरेकी छन् ।

 

आजका दिनसम्म मलाई कलाकारको माया र सद्भावप्रति आभार प्रकट गरेकी छिन्। उनी सामाजिक सञ्जालमा लेख्छिन्, –

“आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनुभएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। कलाकारका रूपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएको मेरा प्रिय दर्शकसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित छु। जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवन साथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ।”
-केकी ररोहित

 



सम्बन्धित
Loading...