मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


 



झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गए राति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हाे ।

 




मृत्यु हुने स्थानीय १९ वर्षीय दिपेश विष्ट रहेका छन् ।

 

दुर्घटनामा गम्भीर घाइते भएका  विष्टलाइ बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको हो ।

 

विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल   बिजुलीको पोलमा ठोकिएको इलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।

 



सम्बन्धित
Loading...