विवाहमा झडपः जन्तीले कुटेर बेहुली पक्षका युवकको मृत्यु ……


 



इटहरीमा गए राती विवाह मा जन्ती आएकाले कुटेर बेहुली पक्षका एक युवकको मृत्यु भएको छ ।

 

इटहरी ६ स्वागत टोलमा भएको विवाहमा कुटपिट हुदा भारत बिहार शिवगढका १८ वर्षीय आसिक कुमार पटेलको मृ>त्यु भएको हो ।

 




पटेल केटी पक्षका आफन्त हुन । जन्ती आएको समयमा स्थानीय युवाहरूसँग उनको विवाद भएको थियो ।

 

विवादकै क्रममा पटेलमाथि तीन जनाको समूहले कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा इटहरी ६ कै २२ वर्षीय विमोचन बिष्ट, २३ वर्षीय करन साह र २२ वर्षीय विष्णु साह  रहेका छन् ।

 

प्रहरीका अनुसार चोरीको विषयमा मृतक र तीनैजनाबीच विवाद भएको थियो । प्रहरीले कुटपिटमा संलग्न तीनैजनालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो ।

 

‘विवाह उत्सवमा मृतकलाई चोरीको आरोप लागेपछि कुटपिट भएको थियो’ इटहरीका डीएसपी खगेन्द्र खड्काले भने गम्भीर अवस्थामा विराट नर्सिङमा उपचारको क्रममा म>त्यु भएकाे बताएका छन् ।

 



सम्बन्धित
Loading...