टिकटकमा भाइरल सासु ज्वाइँ आए मिडियामा,नाचेर नै यस्तो भाइरल भए (भिडियो हेर्नुस्)


पछिल्लो समय टिकटकमा एकदमै भाइरल सासू ज्वाइँ जो जताततै छाइरहेका छन, उनिहरु एकसाथ कुराकानीको क्रममा मिडियामा आएका छ्न । बाँके जिल्लाको कोहलपुर नजिकै रहेको सम्झना चोक भन्ने ठाउँमा घर भएर बसोबास गर्दै आएकि लक्ष्मी खत्री नाम गरेकी सासू र बाँके जिल्लाकै बैजनाथ ६ निवासी राजु धामी नाम गरेका ज्वाइँ पछिल्लो समय टिकटकमा भाइरल बनेका छन ।



हाम्रो नेपाली समाजमा सासू र ज्वाँइको सम्बन्ध अलिक टाढाकै सम्बन्ध सोचिन्छ तर उनिहरु दुईजनाले भने सँगै नाचेर अपलोड गरेको भिडियो टिकटकमा पछिल्लो समय भाईरल बन्दै गएको छ । सासूज्वाईको सम्बन्ध रहेका उनिहरु झलक्क हेर्दा भने श्रीमानश्रीमती झै देखिन्छ्न ।

आफूहरुले उक्त भिडियो मनोरञ्जनको लागि बनाएको र दर्शकहरुले यति धेरै रुचाइदिनुहुन्छ भनेर सोच्दासम्म नसोचेको ज्वाइँ राजुले बताए । दर्शकहरुले एकदमै रुचाइदिएको र नकारात्मक गालि गलौच खानु परेतापनी एकदमै खुसी मिलेको सासूचाहिँले बताईन । गाली र ताली दुबै भेटेको र कमेन्ट हेर्दै रातभरि रुएर समेत बसेको सासूले बताईन । जसले जे भएपनी आफ्नो सोचेभन्दा माथि पुगेकोले आफूहरु खुसी भएको उनले बताईन । नर्मल भिडियो बनाएकोमा यति धेरै भाइरल हुँदा अबश्य पनि खुसी मिल्ने कुरा ज्वाँइको रहेको छ ।




नकारात्मक शैलिमा गरिएका कमेन्टहरुले आफ्नो मन दुखेको र टिकटक नै फोनबाट उडाईदिउ कि भन्ने जस्तो अबस्थामा आफू पुगेको सासूले बताईन । ज्वाईंलाई अर्काको छोरा भनेर तुच्छ व्यवहार गर्ने र ज्वाँइ त हो भनेर हिच्किचाउन नहुने उनले बताईन । बेलुका सुतेर बिहान उठ्दा दिदिले भिडियो भाइरल भएको भन्दा आफू चकित परेको ज्वाईंले बताए । यसरी सासूज्वाँइ नाच्नुलाई हाम्रो नेपाली समाजले स्वभाबिक रुपमा लिने त कुरै भएन, नकारात्मक प्रतिक्रिया सम्झिएर उनिहरु अन्तरबार्ताकै क्रममा रु”ए पनि ।

आफूले मनमा सोच्दापनि नसोचेको कमेन्टहरु आउँदा आफ्नो मन निकै दुखेको बताउँदै भक्कानो छाडेर रुइन सासूचाहिँ । आफूले आफूलाई सिध्धिए भन्नेसम्म सोचेको उनले बताइन । त्यस्तो नकारात्मक प्रतिक्रियाले एक्कासी आफ्नो हातखुट्टा चिसो भएको र मुटुले समेत ठाउँ छोडिसकेको उनले बताइन ।

आफू अन्तिम अबस्थामा पुगेपछी ज्वाँइले आफ्नो ख्याल राखेको र त्यसबखत आफूलाई अर्काको छोरालाई पनि आफ्नै छोरा जस्तो सम्झिनुपर्ने महसुस भएको उनले बताईन । सासूचाहिँले अब टिकटक नबनाउने भन्दा ज्वाँइले भने ठट्यौली पारामा टिकटक बनाउँदैमा केही नहुने बताउँदै टिकटक बनाउन उक्साए ।



सम्बन्धित
Loading...