भत्कियो सत्तागठबन्धन ! एक्लै चुनावमा जाने कांग्रेसको निर्णय…..
सत्तागठबन्धन भत्किएपछि चुनावमा एक्लै जाने कांग्रेसको निर्णय

गोरखामा सत्तागठबन्धनबीच स्थानीय चुनावमा तालमेल नहुने भएको छ।
आठ पटकसम्म सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच चुनावी तालमेलका लागि छलफलमा बसे पनि भागबन्डाबारे कुरा मिलेको थिएन।
उम्मेदवारी दर्ता गर्ने दिनसम्म दलहरूबीच सहमति नजुटेपछि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।
कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ११ वटै स्थानीय तहमा सोमबार कांग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने बताए।
उनकाअनुसार अब सत्तागठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धा हुनेछ। केन्द्रले चुनावी तालमेल गर्न हस्तक्षेप गरे पनि अब नमान्ने सभापति न्यौपानेले बताए।
०७४ को स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको थियो।